सरकारमा बस्नेहरुले भने, ‘तिमी किन अटेरी ?’
प्रशासन हाँक्नेहरुले बोले, ‘किन हो तिमी यस्तो अटेरी’
कालोकोट लगाउने हुन् कि सेतो कोट पहिरने
निलो बर्दिमा सुरक्षा दिने खोज्नेहरु
सत्य कुरा लेख्छु भन्नेहरु
सवैको एउटा भाव
होइन हो तिमी किन अटेरी ?
सवैको प्रश्नै प्रश्न ? तिमी किन अटेरी
मैले मलाई नै प्रश्न गरेँ ?
साँच्चै म किन अटेरी ?
मलाई नै पो थाहा छैन
म किन भएँ अटेरी ?
उत्तर खोज्नु छ
कसले बनायो अटेरी ?
सत्यको बाटोमा हिड्दा हिड्दै
मार्ग नभुल्ने गरी दौडिरहेको ऊ
सकारात्मक उर्जा छर्दै
हिमाल, पहाड तराई पुग्दा
नक्कली वादहरुको व्यवहारबाट
विरक्तिएर ऊ
स्वार्थीहरुको भीडमा पनि सत्य र निस्वार्थ
कर्मयोगी बनिरहँदा
आँखा भएकाले देखेनन्
कान भएकाले सुनेनन
जिव्रो भएकाले स्वादै पाएनन
बाद र विचारको कुरा छाडेर
पद र शक्तिमा लिप्त हुनेहरुसँग
लम्पसार नपर्ने बाचाले
अकस्मात विद्रोही र अराजक बन्दै
बनेका ऊ ‘अटेरी’ !
‘ए’ त्यो त्यसरी पो अटेरी
म पनि त्यसरी नै अटेरी
क्रान्तिका ज्वाला विष्फोट गराउँदै
सामन्तीको मुटुमा ढ्याङ्ग्रो ठोक्दै
परिवर्तनको सम्वाहक बन्दै
व्यवस्थासँगै अवस्था फेर्ने
धोको माथि धोका भएपछि
नव सामन्तहरुको भीड उठ्न थालेपछि
बाध्यताले बनेको उ अनि म अटेरी
तिमीले के परिवर्तन दियौ र अटेरी भन्छौ ?
तिमीले के सुशासन देखायौं र म अटेरी
परम्परागत सामन्तलाई मसानघाट पु¥याएर
आधुनिक सामन्तलाई माला पहिराउन थालेकाले
आधुनिक शोषक र सामन्त विरुद्ध
संघर्षका लागि भएँ म अटेरी
राष्ट्रवादको खोक्रो आश्वासनमा
युवाहरुलाई पशुजस्तै विक्री गर्न थालेकाले
म अटेरी
अन्याय, अत्याचार मौलाउँदै गएकाले
न्यायका लागि म ‘अटेरी’
गाउँ पाखा रित्तै बनाएर
उत्पादन ध्वस्त गर्दै रेमिट्यान्समा
देश चलाउँछु भन्दै ढुकुटी रित्तो पार्ने
नवसामन्त शासन अन्त्य गर्न
म अटेरी ।
सत्यका लागि
सुशासनका लागि
न्याय र अधिकार लागि
म अटेरी
000 वैकुण्ठ भण्डारी
Add Comment