नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु चारले मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ मूल्यअनुसार पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल-मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ ।
नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिद मूल्य घटेकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको जनाएको छ।
Add Comment