शहरी विकास मन्त्री प्रकाशमानलाई काठमाडौंका मेयर बालेनको कटाक्ष

काठमाडौं । काठमाडौं महानगरपालिकाका सिहदरबार धेरै दुरीमा छैन । संघीय संरचना अनुरुप पहिलो तह संघीय सरकार र तेश्रो तह स्थानीय सरकारका वीच पछिल्लो समय मनमुटाव चलिरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत पठाईदिन संघीय सरकारलाई पत्राचार नै गरिसक्दा पनि त्यसको जवाफ अहिलेसम्म पनि आएको छैन । यही मेलोमा महानगरपालिकाका मेयरलाई कांग्रेस निकट वडा अध्यक्षहरुले ज्ञापन पत्र बुझाएको केही समय वित्न नपाउँदै मेयर बालेनले काग्रेसमा उपसभापति एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आफूलाई हराउने बहानामा देशलाई नहराउन भन्दै सामाजिक सञ्चाल मार्फत कटाक्ष गरेका छन् ।
मेयर बालेनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश नहराउन आग्रह गरेका हुन्। माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ? उनले सामाजिक सञ्जालमा प्रश्न गरेका हुन् ।

बालेनले गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन पनि आग्रह गरेका छन्। मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला, उनले भनेका छन्, यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।