काठमाडौँ । आज विश्वभर दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईँदै छ । यो दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापार पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झना गर्दै करीव १८ वर्ष अघि सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।
परम्परागत दासत्व अन्त्य गर्दै आधुनिक दासत्व स्वीकार गर्दै दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईँदै छ । गरिव राष्ट्रहरुलाई धनी राष्ट्रहरुले स्वतन्त्र बस्न नदिएर दासमा परिणत गरिरहेका छन् । चाहे त्यो प्लोस्टाइन होस वा युक्रेनको आजको अवस्था आधुनिक दासस्त्व स्वीकार नगरको परिणाम हो भन्न सकिन्छ । यो अवस्थामा दासता विरुद्धको दिवस ती देशहरुले कसरी मनाउँलान् ?
विशेषगरी अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई दासका रूपमा काममा लगाएकाले त्यसको उन्मूलनका निम्ति उक्त ऐन पारित भएको सम्झना तथा सधैँ काममा जोतिनुपरेका ती श्रमिकको सम्मान एवं सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
उक्त ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेच्न, स्थानान्तरण, प्रयोग वा दासका रूपमा व्यवहार गर्न, खरिद बिक्री र विनिमयलाई पूर्ण रूपमा निषेध गरेको छ । संसारभरिका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ ।
न्युयोर्कस्थित राष्ट्रसङ्घीय प्रधान कार्यालयमा आज विशेष कार्यक्रम पनि हुँदैछ । अमेरिकाले जवसम्म आफूलाई आधुनिक सामन्तबादबाट टाढा राख्दैन तवसम्म यस्ता दिवसको औचित्य माथि प्रश्न उठिरहन्छन् ।
Add Comment