३ जना जुवाडे पक्राउ

कैलाली । गोदावरी नगरपालिका-४ को खैरना जंगल क्षेत्रमा जुवा खेलिरहेको अबस्थामा ३ जना जुवाडे पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुको साथबाट ४१ हजार १ सय ७० नगद र एक गड्डी तास बरामद गरिएको छ। पक्राउ पर्नेमा गोदावरी ४ का २८ बर्षिय बिरेन्द्र कलेल, सोही ठाउँका १९ बर्षिय गजेन्द्र महरा र गोदावरी १ का राकेश साउँद रहेका छन्। पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाईएको जनाईएको छ।