वडा अध्यक्ष संगतले गरे गोल द्यः फल्चा पूनः निर्माणको सिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं। ८ का अध्यक्ष आशामान संगतले जगबागेश्वरी नवाली टोलमा जीर्ण रहेको गोल द्यः मठा फल्चाको पुर्ननिर्माणका लागि शिलान्यास गरेका छन् । वडा नं। ८ भित्र रहेका र पुर्ननिर्माण गर्नु पर्ने अवस्थामा सम्पदाहरु पुर्ननिर्माणलाई तीव्रता दिईरहेको वडाले मठा फल्चाको पुर्ननिर्माण गर्न लागेको हो ।
वडा नंं ८ सम्पदाले भरिपूर्ण छ । सो क्षेत्र धार्मिक रुपले समेन विशेष महत्व राख्ने मात्र नभई विश्व सम्पदामा सूचिकृत पशुपति क्षेत्र भित्र नै रहेको छ । नवाली टोल जयबागेश्वरीलाई ऐतिहासिक पौराणिक स्थल रुपमा समेत मान्ने गरिनछ । सो क्षेत्रमा आधुनिकताको विकाससँगै मौलिक परम्परालाई पनि जीवन्त राख्ने उदेश्य अनुरुप विकास निमार्णका कार्य भईरहेका छन् । यहाँ विभिन्न पुरातात्विक महत्वका मठ–मन्दिर, चैत्य, धर्मशाला तथा परम्परागत संरचनाहरू रहेका छन् ।

विक्रम संवत् १८३७ अर्थात् २ सय ४४ वर्ष अघि निर्माणाधिन मठा फल्चालाई पूरानै साँस्कृतिक तथा पुरातात्विक स्वरुपमा काठ, चुना, सुर्की मिश्रण गरि मौलिक ढाँचामा निर्माण गर्न लागिएको हो । फल्चालाई मौलिक ढाँचामा संस्कृति र परम्परालाई संरक्षण गर्ने गरिनै निर्माण गरिदै छ । महागनरको वडा नं ८ का अध्यक्ष अशामान संगतले मठा फल्चालाई पूरानै ढाँचामा महानगरपालिकाले पूनः निर्माण गर्न लागेको जानकारी दिँदै परम्परागत तरिकाबाट चुना सुर्की, डाछी इट्टा, माँ अप्पाको प्रयोग गरिने साथै परापूवैकालमा यात्रुले विश्राम स्थलको रुपमा समेत फल्चालाई प्रयोमा ल्याएको बताए ।
भूकम्प अघि नै जीर्ण अवस्था र भगनावशेषामा शिलापत्र मात्र बाँकी रहेकोे जस्ताको छाना लगाई सुरक्षित गरि राखेको फल्चा स्थानियहरुको चाहना र आवश्यकता अनुरुप पुनः निर्माण गर्न लागिएको वडा ८ का अध्यक्ष संगतले जानकारी दिए । संस्कारलाई जोगाउनका लागि पुननिर्माण कार्य गर्न लागिएको एक तल्लाको बनाउन लागिएको हो । मठा फल्चा १ सय ३२ वर्ग फिट क्षेत्रफल रहेको छ । फल्चाको लागत लगभग २० लाखको हाराहारीमा १८ लाख ४३ हजार ४ सय ६९ रुपैयाँ ५५ पैसा रहेको छ । भवनको २०८२ को जेठ महिनासम्म कार्य सम्पन्न गरिसक्नुपर्ने लक्ष्य रहेको छ ।