पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको जानकारी दिएको हो।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र मट्टीतेल १४६ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा पेट्रोल १५९ रुपैयाँ र मट्टीतेल १४५ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा र मट्टीतेल १४३ रुपैयाँ ५० पैसा पर्नेछ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै देशभित्र पनि समायोजन गरिएको जनाएको छ।

ताजा अपडेट