प्रधानमन्त्री केपी शर्मा ओलीले गरे बुटवलमा लुम्बिनी केवलकारको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा लुम्बिनी केवलकारको शिलान्यास गरेका छन्। शनिबार एक समारोहका बीच बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको शिलान्यास गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गदैं ओलीले एक वर्षभित्र केबलकार निर्माण हुने विश्वास व्यक्त गर्दै केबलकार निर्माणका लागि आवश्यक सहयोग गर्न सरकार तयार बताए ।
केबुलकार उद्घाटन गर्दै ओलीले आफ्नो समूहका विष्णु पौडेलको खुलेर तारिफ गरे । पौडेलतर्फ देखाउँदै उनले भने–आज विष्णु पौडेलको नाक हेर्नुहोस त, कत्रो भएको छ ?’

ओलीले भने,‘आफ्नो निर्वाचन क्षेत्रमा भएको भएर विष्णु पौडेलको नाक हेर्नुहोस त, आफ्नो प्रदेशमा भएको भएर मुख्यमन्त्रीको अनुहार हेर्नुहोस त, मुस्कुराहट कस्तो छ ?’

बुटवल केबलकारले धार्मिक, साँस्कृतिक, रोजगारीलगायतका क्षेत्रमा उल्लेख्य सफलता प्राप्त हुने ओलीको भनाइ थियो । उनले निजी क्षेत्रसँगको सहकार्यमा देशको विकास र समृद्धि हाँसिल गर्ने पनि बताए ।

लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुन लागेको हो ।