कुन पापीले गर्यो यस्तो ? श्रीमान् घरमा मृत फेला, श्रीमती बारीमा बेहोस अवस्थामा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा शनिवार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्। ६६ वर्षीय वीरेन्द्र राइको उनको घरभित्र नै हत्या भएको हो। त्यस्तै राइकी श्रीमती समेत गम्भिर घाइते भएकी छिन्।

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शरीरको विभिन्न भागमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए। यस्तै उनकी ५४ वर्षीय श्रीमती रीता राईको बेहोस अवस्थामा घर नजिकैको बारीमा फेला परेको एसपी दाहालले जानकारी दिए। रीतालाई उपचारको लागि विराटनगर पठाइएको छ।

केही व्यक्तिहरुसँग रीताको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी शनिवार बिहान राईको घरमा पुगेको थियो। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।