सरस्वती पूजाकै दिन नेकपा पक्षधर विद्यार्थीको आरआरमा झडप

काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप भएको छ । आज बिहान दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

ओली समूहले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ । कुनै पनि पक्षबाट उजुरी भने नआएको प्रहरीले जनाएको छ ।