चितवन राष्ट्रिय निकुञ्जमा फेरि भेटियो मृत गैंडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज एक गैँडा मृत फेला परेको छ।

नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गिद्धेनी पोष्ट नजिक मृत गैँडा फेला परेको निकुञ्जले जनाएको छ । करिब ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

खागखुर सुरक्षित रहेको कारण चोरी तस्करीको लागि गैंडा मारिएको भन्ने शंका लिन नपर्ने उनले जानकारी दिए। गैँडा बुढो भएर मरेको हुन सक्छ भन्ने कर्मचारीहरुको प्रारम्भिक अनुमान छ ।