प्रजातन्त्र दिवसकै दिन प्रदेश १ का प्रमुख तिलक परियार बर्खास्त

काठमाडौं । गणतन्त्र स्थापना पश्चात बनेको संघीय संरचना अन्तर्गतको प्रदेश नं. १ का प्रमुख तिलक परियार बर्खास्त गरिएको छ । मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।