प्रमले राजिनामा दिने कारण छैनः विष्णु रिमाल

काठमाडौं । प्रम केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक ट्वीट गर्दै प्रम ओलीले राजिनामा नदिने प्रष्ट पारेका छन् । राजनैतिक दलहरुले प्रम ओलीको राजिनामाको माग गरिरहेको बेला रिमालले यस्तो बताएका हुन् ।

दलहरुलेसर्वोच्च अदालतले संसद पुनस्थापना भएपछि गरेपछि प्रधानमन्त्रीले राजिनामाको दिनपर्ने माग गरिरहेका छन् । रिमालले शनिवार सामाजिक सञ्जाल ट्वीटमा एक पोष्ट गर्दै प्रधानमन्त्री ओलीले राजीनामा नदिने र संसदको सामना गर्ने भन्दै दलहरुलाई चुनौती दिएका छन्