किन रोकिएको छैन भारतीय अबैध नक्कली नोट नेपाल भित्रिन ?

काठमाडौं । सिरहाबाट सोमबार प्रहरी टोलीले २ लाख ५० हजार अवैध भारतीय नोटसहित १ जनालाई पक्राउ गरेको छ । भारतीय नोट नेपालमा अबैधरुपमा पहिलेदेखि नै भित्रिरहेको थियो । नक्कली नोट यसरी सीमाबाट आयात हुन थालेको धेरै वर्ष भए पनि यो क्रम रोकिएको छैन । प्रहरीले कहिलेकँहि यसरी पक्रिए पनि धेरै समयमा भारतीय नक्कली नोट नेपाल भित्रिरहेको हुन्छ ।

सो घटनामा पक्राउ पर्नेमा भारतको सहरसा ग्राम किसनपुर पञ्चायत–२ निवासी ६० वर्षीय चतुरी यादव रहेका प्रहरीले जनाएको छ । यसरी सिमामा दिनहुँ भारतीय नागरिकहरु नक्कली नोट नेपाल भित्राउन सक्रिय रहँदा प्रहरीले एकदुई जनालाई समाते पनि सबै अवस्थामा पक्रन सक्छ भन्ने रहँदैन । यसबाट नेपाली नागरिक ठगिने क्रम बढ्दै गएको छ । भित्रिने पक्रिने खेल चलिरहँदा सानो परिमाणमा नक्कली नोट भित्राउनेहरुलाई प्रहरीले पक्रन सक्ने अवस्था छैन ।

दिनहुँ जसो अबैध नक्कली नोट सहित भारतीय नागरिक पक्राउ नामको समाचार छापामा छाइरहँदा पनि किन रोकिएको छैन त भारतीय नोट भित्रिने क्रम ? के नेपाल प्रहरीसँग भारतीय नागरिक डराउँदैनन् ? या प्रहरीमा कुनै त्यस्तो सञ्जाल छ जसले भारतीय नागरिकलाई नक्ली नोट भित्राउन दिन सहयोग गरिरहेको छ ?