सुरक्षा घेरामा रहने प्रधानमन्त्री नै सुरक्षित छैनन् भने सामान्य मान्छेको अवस्था के होला ?

कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुविरुद्ध देशी विदेशी षडयन्त्र चलिरहेको कारण भौतिक आक्रमण पनि हुन सक्ने बताएका छन्। ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई पोखरामा सोमबार संवोधन गर्दै उनले यस्तो अचम्म लाग्दो तथ्य बताएका हुन् । तमाम सुरक्षा प्रबन्धको घेरामा रहने प्रमलाई पनि देशमा सु्रक्ष थ्रेटरहन्छ भने यो मुलुकमा सामान्य नागरिकको सुरक्षा अवस्था कस्तो होला ? मुलुकको सुरक्षा गर्ने कसम त प्रधानमन्त्रीले नै खाएका छन् । केहि समय रक्षा मन्त्रालय समेत आफ्नो मातहतमा राखेका प्रमको यो खुलासाले सामान्य नागरिक कति सुरक्षित छन् भन्ने प्रश्न तेर्सिएको छ ।

राष्ट्रलाई सार्वभौम सत्ता सम्पन्न स्वाधीन र स्वतन्त्र राख्न खोजेकोले आफूविरुद्ध यस्तो षड्यन्त्र भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले सानो निजी स्वार्थ पूरा गर्नका लागि राष्ट्रिय स्वार्थलाई तिलान्जली दिएको आरोप समेत लगाएका छन् ।

‘सरकारका काम गतिशिल तरिकाले संचालन गरेकोले म माथि हमला भएको छ‘ प्रधानमन्त्रीले भने । उनले आफूमाथि भौतिक आक्रमण भएपनि अचम्म नमान्न कार्यकर्तालाई आग्रह गरे। प्रधानमन्त्रीले आफूहरु अपराधी तत्वसंग लडिरहेको बताए। झुठा लान्छाना लगाएर १९ पेज लामो बनाएर अन्तर्राष्ट्रियस्तरमा प्रचार गरिएको बताए।