अख्तियारद्वारा ढल्केबर नोलाइट धनुषामा कार्यरत सुपरभाइजरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सुखवा वितरण केन्द्रअन्तर्गत ढल्केबर नोलाइट धनुषामा कार्यरत सुपरभाइजरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग पाँच हजार घुस लिएको अभियोगमा प्राधिकरणका सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्यरत नवलकिशोर राउत र मनोहर महतोले घुस मागेको अभियोग लागेको थियो ।

प्रवक्ता नारायणप्रसाद रिसालले आयोगले उनीहरुविरुद्ध बिगो अनुसारको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको जानकारी दिए।