मैले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा हस्तक्षेप गरेको छैनः उद्योगमन्त्री

काठमाडौं उद्योगमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्बन्धमा आफ्नो कुनै हस्तक्षेप नरहेको दाबी गरेका छन् ।

शनिवार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

नेपाली समाजमा अन्य मुलुकको मुल्य कस्तो रहेको छ भन्ने अध्ययनको जरुरी रहेको पनि उनको भनाइ रहेको थियो ।

उनको तर्क छ कि भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पदार्थ भारत जाने संभावना समेत रहन्छ ।

उनले जे कुरामा पनि विरोध गरेर नेपालीहरुले ध्वंस चाहेको पनि बताए । सबै कुरालाई बुझेर मात्र विरोध गर्नुपर्ने उनको भनाई थियो ।