काठमाडौं । राजपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले यसअघि नै ओलीलाई समर्थन गरेर फिर्ता गरिसकेका कारण यतिकै ओलीलाई समर्थन गरिहाल्ने स्थिति नरहेको जिकीर गरेका छन् ।
उनले प्रश्न गरेका छन्, “केपीलाई समर्थन गरेर हेरिसकेको होइन र फेरि समर्थन गर्ने ? के हामी यिनीहरुलाई नै समर्थन गर्नकै लागि जन्मिएको हो ?”
“हाम्रा मागहरु पूरा गर्न गर्नुपर्यो नी । माग पूरा गरेमात्रै हाम्रो सरकारप्रति सहानुभूति हुन्छ । रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेस थरुहटलगायतका मुद्दा फिर्ता, संविधान संशोधनलगायतका मागहरु पूरा गर्नुपर्यो ।” बल्ल सरकारप्रति सहानुभूति हुन्छ ।
केपी ओलीले ठग्नेबाहेक अरु केही नजानेको महतोको तर्क छ । उनी भन्छन् “केपी ओलीले ठग्नबाहेक अरु केही जानेको छ ?
माग पूरा नगर्ने कसैलाई समर्थन हुँदैन । हामी सत्तामा पुर्याउने भर्याङ बन्न चाहँदैनौं भन्ने भनाई बुधबार संसदबाट बाहिरिने क्रममा महतोले राखे ।
Add Comment