राष्ट्रपति र उपराष्ट्रपति पनि महाशिवरात्रिमा पशुपति पुगे

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार महाशिवरात्रिका अवसरमा आरध्यदेव भगवान पशुपतिनाथको दर्शन गरेका छन्।

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति भण्डारी पशुपतिनाथको दर्शनका लागि फरक फरक समयमा पशुपतिनाथ पुगेका थिए। पहिला राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी थिइन्, त्यसपछि उपराष्ट्रपति पुन पुगेका थिए।