बामदेव गौतमको एमाले उपाध्यक्ष पद पनि ओलीले खोसे

कठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमबारे असन्तुष्टी जनाएका छन् । प्रधानमन्त्री अ‍ोलीले शुक्रबार आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकमार्फत् विभिन्न महत्वपूर्ण निर्णय गरे ।

उनले माधव नेपाल पक्षका नेताहरको पद खोसेका छन् । प्रधानमन्त्री अ‍ोलीले नेपाल पक्षका पाँच वटा प्रदेश इञ्चार्ज परिवर्तन गरेर आफू निकट नेताहरुलाई इन्चार्ज बनाएका छन् । यो कदमको नेता गौतमले असन्तुष्टी जनाए लगत्तै ओलीले गौतमको उपाध्यक्ष पद पनि खोसेका हुन् ।