ओलीको कदम मूर्खतापूर्ण छ, यसलाई परास्त गर्नुपर्छः घनश्याम भूसाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मुर्खतापूर्ण कदमको संज्ञा दिएका छन् ।

ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका पदाधिकारी हटाएपछि भूसालले यस्तो बताएका हुन् । भूसालले ‘ओलीजीका यस अगाडिका हर आक्रमणलाई परास्त गरेझैं यो आक्रमणलाई पनि परास्त गरिने छ ।’ भन्दै आक्रोश पोखे ।