दलहरुलाई एकजुट बनाएर ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई कांग्रेस, जसपा र माधव झलनाथ समूहसँग लिखित सम्झौता गरेर ओलीमाथि अविश्वास प्रस्ताव ल्याएर फाल्ने चेतावनी दिएका छन् ।

शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा प्रचण्डले कांग्रेस, जसपा र एमालेकै माधव नेपाल पक्षसँग लिखित सहमति गरेर दुई चार दिनमा ओलीलाई फालिदिने बताएका छन् ।

सबै दलसँग सहमति जुटाएर ओलीलाई बिदाई गर्नतर्फ आफ्नो मेहनत रहेको समेत दाहालको तर्क छ ।