हात्तीको आक्रमणबाट दुई घाइते

झापा । हात्तीको आक्रमणबाट झापामा दुई युवक घाइते भएका छन्।

बुधबार बिहान करिब ६ बजेतिर हात्तीले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन् ।

इलामको देउमाइ नगरपालिका १० का विजय खाती गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

झापाको अर्जुनधारा नगरपालिका वार्ड नं १ सिस्नेका १९ बर्षिय मिलन कार्कीडोली पनि सामान्य घाइते भएका छन्।

बुद्धशान्ति गाउँपालिका वार्ड नं २ को बिरिङ नजिक बिन्दुली बाँध नेर उनीहरूलाई हात्तीले आक्रमण गरेको थियो।

इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख प्रहरी नायव निरीक्षक निराजन कटुवालका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका खातीलाई उपचारका लागि बिर्तामोडमा रहेको विर्तासिटी अस्पताल लगिएको छ।

दुवै जना ढुंगा/गिटी ढुवानीमा मजदुरको रुपमा काम गर्दै आएका थिए।