किन बोलाए प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले शनिबार सर्वदलीय वैठक डाकेका छन् । ओलीले प्रचण्डलाई लामो समय पश्चा आफैले फोन गरेर शनिबारको सर्वदलीय वैठकमा बोलाएका हुन् ।

ओलीले कुनै विषय वा एएजेण्डा तोकेर छलफलका लागि बोलाएका छैनन् । तर, पछिल्लो राजनीतिक घटनाक्रम र ओलीमाथि भारतीय एजेण्ट ‘रअ’ सँगे चार बुँदे सहमति गरेको भन्ने आरोप सहितको हल्ला फिजिँएपछि त्यसबारे छलफल गर्नका लागि पनि सर्वदलीय वैठक बोलाएको हुन सक्ने आंकलन गरिएको छ ।

कतिपय राजनीतिक विश्लेषकहरुले त ओलीले सरकार टिकाउनका लागि केही राजनीतिक दललाई फकाउन प्रयास स्वरुप पनि सर्वदलीय वैठक राखेको बताएका छन् ।