मेलम्चीको पानी पनि चुहावट बजेट पनि चुहावट

काठमाडौँ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट  वितरण  गर्दा ३२० स्थानबाट चुहावट भएको छ ।

पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । ​ यसअघि   पानीको   बहाव   कम   हुँदा जमिनमुनि  पानी  रहन्थ्यो  भने  बहाव  बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड  (केयुकेएल)ले  जनाएको  छ ।

जहाँ चुहावट  भएको  छ,  त्यहाँ  मर्मत  गरिएको केयुकेएलले जनाएको छ । याे समाचार गाेरखापतत्र दैनिकमा छ । केयुकेएलका प्रमुुख कार्यकारी  अधिकृत  मिलन  शाक्यले  ३२० स्थानमध्ये  दुई  सय  स्थानमा  मर्मत  भइसकेको जानकारी दिए ।

उनले भने, “पुरानो पाइपबाट चुहावट भइरहेको  छ । मर्मत  गरिरहेका  छौँ । सडक  विभागसँग  स्वीकृति  लिएका  छौँ  । अब थप स्थानमा  मर्मत  गर्नेछौँ ।”  मेलम्चीको  पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ ।