पूर्वराजा सहित राजपरिवारमा कोरोना लक्षण कम हुँदै गएको नर्भिक अस्पतालको भनाई

काठमाडौं । कोरोना संक्रमित भई अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह, सहित राजपरिवारका सदस्यहरु पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको नर्भिक अस्पतालले जनाएको छ ।

पूर्वराजपरिवारका सदस्य उपचाररत नर्भिक अस्पतालका अनुसार उनीहरुमा कोरोनाका लक्षणहरु कम हुँदै गएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजपरिवारका तीनै जना सदस्य शनिबार दिउँसो १ बजे अस्पताल भर्ना भएका थिए ।भारतमा राजा कै हैसियतमा महाकुम्भ बेलामा सहभागी भएर आए लगतै कोरोनाको संकेत देखिएपछि कोरोना परिक्षण गर्दा पूर्व राजा सहित राजपरिवारका सदस्यलाई कोरोना पुष्टि भएको थियो ।