काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञाको तयारी

काठमाडौं । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी गरिएको छ ।

अहिले काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ ।

१६ गतेदेखि हुने निशेधाज्ञामा के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने कुरा छलफल भईरहेको छ ।आईतबार बसेको सीसीएमसीको वैठकले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।