सरकारद्वारा सात अध्यादेश जारी, विवादित संवैधनिक परिषद् सम्वन्धि अध्यादेश पनि आयो

काठमाडौं । सरकारले सात वटा अध्यादेश जारी गरेको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरिरहँदा विगतमा दुई पटकसम्म जारी हुँदा पनि विवादित देखिएको संवैधानिक परिषद् सम्वन्धि अध्यादेश पुन तेश्रो पटक जारी भएको छ ।
यसअघि बैशाख ८ गते र मंसिर ३० गते दुईपटक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भइसकेको थियो। तर, अध्यादेश विवादमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ८ मा ल्याएको अध्यादेश फिर्ता लिनुपरेको थियो। मंसिर ३० मा अध्यादेश ल्याएर संवैधानिक निकायमा नियुक्ति गरिएको थियो। उक्त नियुक्तीपनि विवादित भएको थियो।

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेर अध्यादेशबारे जानकारी गराएको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस अनुसार देहाय बमोजिमका अध्यादेशहरू जारी गरिएको छ।

१। यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

२। फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८

३। औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७८ ।

४। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७८

५। सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८

६। नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० (पहिलो संशोधन) अध्यादेश, २०७८

७। तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८