गत वर्ष कोभिडमा सुनसान भएको आर्यघाटमा अहिले शवको भीड (फोटो फिचर)

काठमाडौं । २०७६ चैत ११ गतेदेखि सरकारले कोभिड १९ न्यूनिकरण गर्नका लागि गरेको लकडाउन र निषेधाज्ञाका बेला सुनसान जस्तै रहेको पशुपतिको आर्यघाट यस वर्षको निषेधाज्ञामा भने शवको भीड देखिएको छ ।

बाहिर चर्चा भए जस्तो कोभिड संक्रमण कै कारणले आर्यघाटमा शवको भीड भने भएको होइन । पशुपति आर्यघाटमा अन्य कारणले मृत्यु भएका व्यक्तिहरुको सवलाई आर्यघाटमा नै जलाउने गरिएको छ भने कोभिड संक्रमण वा अन्य कारणबाट मृत्यु भएर कोभिड देखा परेका शवलाई भने नेपाली सेनाले व्यवस्थापन गरी शव जलाउने काम गरिरहेको छ ।

जसअनुरुप कोभिड १९ देखापरेका शवलाई विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिँदै आएको छ । पशुपतिमा रहेको दुईवटा विद्युतीय शवदाह गृह मध्ये एउटा विग्रिएको लामो समय भईसकेको भएपनि प्रयोगमा आएको छैन ।

सञ्चालनमा रहेको एउटा विद्युतीय शवदाह गृहमा मात्र दाहसस्कार गर्न समय लाग्ने भएका कारणले नेपाली सेनाले आर्यघाट भन्दा तल्लो स्थानमा विद्युतीय शवदाहगृहको पूर्वतर्फ बागमतीको खाली स्थानलाई कोभिड संक्रमित शवको दाहसंस्कारका लागि प्रयोग गरेको देखिन्छ ।

तर, अहिले नेपाली सञ्चार माध्यमहरुमा भने कोभिडका कारण मृत्यु हुनेहरुको संख्या बृद्धि भएको र शव जलाउने ठाउँ नभएकाले नेपाली सेनाले बागमती किनारमा शव जलाउन थालेको भन्ने सन्देश प्रवाह गरी आम नागरिकमा त्रास फैलाउने काम भएको देखिन्छ । इकालोपाटी प्रतिनिधी पशुपति आर्यघाट पुग्दा देखिएको दृश्य फोटो फिचर सहित ।

 

 

 

तस्वीरहरु: @ इकालोपाटी