गरे के हुँदैन ? सानाे मुलुक क्युबाकाे सन्देश

काठमाडाैं । अमेरिकी नाकाबन्दीकाे मार खेपिरहेकाे सानाे देश  क्युवाले काेराेनाकाे भ्यक्सिन बनाउँदै छ । क्युबा पनि काेराेना महामारीले शीथिल छ । जस्ताे अरू साना मुलुक यसले गलिएका छन् ।  सानाे मुलुक र सानाे अर्थतन्त्र भएकाे क्युबा हाल काेराेनाकाे भ्याक्सिन बनाउन जुटेकाे छ । यसले गरे के हुँदैन भन्ने शन्देश दिएकाे छ ।

यतिबेला विश्वभर २७ खोप परीक्षणको अन्तिम चरणमा छन्। तीमध्ये दुई खोप क्युबाले विकास गरेको हो। उनीहरूले भनेका छन् ‘हाम्रो सार्वभौमसत्ता कायम राख्न हामीलाई आफ्नै खोप आवश्यक छ ’ ।  क्युबाको फिन्ले इन्स्टिच्युटका निर्देशक डा. भिसेन्ते भेरेजले जनाए अनुसार कमसेकम क्युबालाई पुग्ने भ्याक्सिन बनाउनु क्युबाकाे लक्ष छ । सो इन्स्टिच्युटले सभरिन २ नामक खोप विकास गरेको छ। यसले नेपाललगायत मुलुकले क्युबाबाट धेरै ठूलाे पाठ पढ्न सक्नेछन् । मुलुक सानाे भएर अर्थतन्त्र सानाे भएर इच्छाशक्ति सानाे हुँदैन भन्ने पाठ क्युबाले संसारलाई बुझाउन चाहेकाे छ ।

उनीहरूले बताएकाे कुरा मान्ने हाे भने नौ महिनाअघिसम्म यसबारे  सोच मात्र थियो तर अहिले तेस्रो चरणको परीक्षणमा पुगिसकेकाे बताइएकाे छ । जसले कार्य क्षमता देश भुगाेल र अर्थतन्त्रले निर्धारण नगर्ने कुरा बुझाउँछ ।