दाजूले कुट्दा भाइकाे हत्या

उदयपुर । उदयपुरमा दाजूले कुट्दा भाइकाे हत्या भएकाे छ ।  घरासयी बिवादमा दाजूले पिटपाट गर्दा भाइकाे ज्यान गएकाे हाे । दाजू पुलकित चौधरीको कुटाईबाट त्रियुगा नगरपालिका– ९ चौकीबारीका खुसीलाल चौधरीको ज्यान गएको हो ।

सामान्य कारणले दाजुभाइ बीच बिवाद हुँदा पुलकितले भाइलाई हातपात गरेका थिए । दाजुको कुटपिटबाट घाईते खुसीलालको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा खुसीलालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।कुटपिटबाट घाईते भएको चौधरीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै आफन्तले दिएको जाहेरी अनुसार अस्थायी प्रहरी चौकी चुहाडेले चौधरीलाई पक्राउ गरेको थियो ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट ल्याएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएको भन्दै बिराटनगर रिफर गरेपछि गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खुसीलालको मृत्युपछि कुटपिट गर्ने पुलकितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हत्या आरोपमा पक्राउ गरी आवश्यक अनुसन्धान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।