लकडाउनको रमाइलो, रोनल्डो नेपाली थिए ?

आज हामी Gsp Ronaldo उर्फ GSP BABA काे बारेमा अध्ययन गर्नेछाैं ।
G = घन S = श्याम P = पाैडेल
BA = बाङ्गे BA = बाँदर । उनकाे नामकाे अर्थ यही हाे । उनका पिताकाे नाम चेतनाथ पाैडेल हाे ।
गाउँकै जनप्रदीप उच्चमाविबाट 12 पास गरेपछि अमेरिकाकाे “बाङ्गिन्टन” युनिभर्सिटीबाट उनले Photoshop विषयमा डबल डिग्री गरेका छन् । science मा PHD गर्ने रहर भएपनि कागतीबाट बिजुली निकाल्ने प्रयास असफल भएपछि उनले त्यसतर्फ ध्यान दिएनन् ।
बाङ्गिन्टन युनिभर्सिटीमा पढेकाे हुनाले उनलाई “बाङ्गे” भनेर चिनिन्छ ।
स्याङ्जा जिल्ला, चिलाउेबास गाविसकाे सिरिन्डाँडामा जन्मेका उनी केहि साल पैले युएईलाई कर्मभूमि बनाएर हमरिया फ्रि जाेनमा बिजनेस गरेका थिए ।
कतार जानुभन्दा अघि उनकाे नेपालमा ट्रान्सपाेर्टकाे बिजनेस थियाे । “सिरिन्डाँडा यातायात सेवा” नामकाे उक्त यातायात कम्पनीमा 300 बसहरू नेपालभरि यात्रुबाहक सुविधा दिन्थे । उनकाे याे व्यवसायले अग्नि र मकालु जस्ता यातायात व्यवसायीकाे बजार ध्वस्त पारिदिएकाे थियाे ।
यता आउनु अघि उनी कतारकाे सन्हैया भन्ने ठाउँमा तामाकाे तारकाे बिजनेस गर्थे । कतारमा कराेडाैँकाे व्यापार गर्ने उनकाे कम्पनीकाे नाम “बाङ्गे एण्ड टिङ्गे केवल सप्लायर्स LLC” थियाे ।
TAX नतिरेकाे भनेर कतारका मामाहरूले उनलाई पक्राउ गरे र मामाघरमा राखे । उनलाई मामाघरमा राखेपछि उनकाे व्यापार बन्द भयाे, जसले गर्दा कतारकाे अर्थतन्त्र नराम्ररी डुबेर कतार टाट पल्टिने अवस्था आयाे । त्यसपछि उनलाई कतार सरकारले माफी माग्दैे मामाघरबाट मुक्त गरेर अबीरजात्रा गरी कतार एयरलाइन्सको एउटा जहाज रिजर्भ गरेर स-सम्मान घर फर्काइदियाे ।
उनी बाजा बजाएर नाच्नमा सिपालु छन् । दुबई आएकाे केही समयभित्रै उनले हमरिया फ्रिजाेनकाे 90% सेयर तथा स्वामित्व आफ्नाे नाममा पारेकाे गाेप्य सूत्रबाट थाहा हुन आएकाे छ ।
अमेरिकी अर्बपति बिल गेट्सलाई पनि जितेर संसारकाे सबैभन्दा धनी व्यापारी हुने भन्दै घरमै पैसा छपाउने मशीन लगाएको जानकारी आएको छ ! उनकाे महत्वाकांक्षा डहरे देउराली माताकाे आशीर्वादले पूरा हाेओस् !
शुभकामना 😁😁