‘ओलीसँग कुनै लिखित सहमति भएको छैन ’

काठमाडौं ।  नेकपा एमालेका  नेता माधवकुमार नेपालले एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीसँग  कुनै सहमति भइनसकेको स्पष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै नेता नेपालले यस्ताे बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सहमतिका लागि वार्ता र लचकता दुवै अपनाउने पनि बताएका छन् ।

अहिलेसम्म ओलीसँग कुनै लिखित सहमति नभएको पनि उनले सामाजिक सञ्जालमा जारी सन्देशमा भनिएकाे छ ।