अन्तताेगत्वा माधव नेपाल भए शक्तिशाली

काठमाडाैं । एमालेका वरिष्ठ नेता माधव नेपाल नयाँ सरकार बनाउने कुरामा निर्णायक हुने भएका छन् । उनले जुन गठबन्धनलाई साथ दिन्छन् साेही गठबन्धनकाे सरकार बन्ने लगभग पक्कापक्की भएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै छ ।यसैबीच सत्ताकाे स्वाद पाएका दलहरू एक अर्कासँग गठबन्धन बनाउने तयारीमा लागेका छन् ।  संसद्मा रहेका  सबै ठूला दलका नेताकाे हिजाेकाे दिन आन्तरिक र दुईपक्षीय छलफलमा बितेकाे थियाे ।

यी विभिन्न छलफलकाे निष्कर्षका निर्णायक नेता माधव कुमार   नेपाल भएका छन् ।  उनकाे पक्षका  नेताहरूसँग  ओली पक्ष, नेपाली कांग्रेस र माओवादी सबै गठबन्धन बनाउन लागेका छन् । यसले एमाले नेता माधव कुमार नेपालले दिने निर्णय नै अबकाे सरकार कसकाे बन्ने भन्ने रहन्छ । नेपालले ओलीसँग भन्दा कांग्रेस–माओवादीसँगको सहकार्य सजिलो हुने निष्कर्ष निकालेकाे भान हुन्छ । उनकाे विगतकाे गतिविधिले यही देखाउँछ । विगतका घटनाहरू केलाउने हाे भने  उनी ओलीसँगभन्दा अरू दलहरूसँग नजिक छन् । त्यसैले उनकाे  गठबन्धन कांग्रेस माओवादीकाे गठबन्धनसँग मिल्ने सम्भावना  छ ।

यता अविश्वास प्रस्ताव ल्याउँदा जसरी पनि बहुमत पुग्छ भनेर विश्वस्त दिलाउन पुगेका नेपाललाई देउवाले तपाईंहरूले राजीनामा दिनुहुन्छ भने म अविश्वास प्रस्ताव ल्याइहाल्छु भन्ने जवाफ दिएकाे बताइएकाे छ । त्यसकाे प्रतिउत्तरमा नेपालले देउवालाई ढुक्क हुन भनेका थिए । देउवासँगकाे भेटपछि नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास छिरे । यी घटनालाई हेर्ने हाे भने नेता नेपालकाे पक्षकाे साथ जसले पाउँछ सरकार पनि उसैकाे बन्ने देखिएकाे छ ।  बिहीबार साँझदेखि शुक्रबार साँझसम्म एमालेभित्र भइराखेको दौडधुप यसैकाे लागि भएकाे नेताहरू बताउँछन् । नेता नेपालले दिने निर्णय नै फाइनल हुने कारण तत्काल  देउवा अविश्वासको प्रस्ताव ल्याउन नहुने बताउँछन् ।