काेराेनाका कारण २४ घण्टामा ५३ जनाले ज्यान गुमाए

काठमाण्डाै ।  गत  २४ घण्टामा आठ हजार चार सय १८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । १७ हजार तीन सय १५ जनाको पीसीआर विधिमार्फत् र नौ सय ८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार चार सय १८ जनालाई संक्रमण भएको स्वास्थय मन्त्रालयले जनाएको छ । योसहित संक्रमितको संख्या तीन लाख ८५ हजार ८ सय ९० पुगेको छ । यसैबीच गएको २४ घण्टामा कोरोनाको संक्रमणका कारण ५३ जनाको ज्यान गएसँगै अहिलेसम्म तीन हजार ६ सय ३२ जनाको ज्यान गएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

यस्तै आज तीन हजार भन्दा धरैले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा तीन हजार तीन सय ७० जनाले कोरोना भाइरसलाई जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेको छ । डाक्टरले कोरोना संक्रमण भए पनि नआत्तिएर आत्मबल बलियो बनाउन आग्रह गर्दै आएका छन् । शरीरमा अक्सिजनको मात्रा नाप्ने र कम भएमा अक्सिजन बढाउन घोप्टो परेर सुत्नु पर्ने डाक्टले बताएका छन् । अक्सिजनको मात्रा ९२ या योभन्दा कम भए घोप्टो परेर सुत्ने गरे अक्सिजन बढाउन सकिन्छ । तर, जटिल अवस्थाका बिरामीलाई भने तुरन्त अस्पताल लैजानु पर्ने डाक्टरको भनाइ छ ।