भाेलिबाट संखुवासभामा पनि निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमितको सङख्या थपिदैं जाँदा निषेधाज्ञा गर्ने जिल्लाहरु पनि थपिएका छन्। हिजाेकाे रातबाट रौतहटमा निषेधाज्ञा लगाइएको छ। त्यस्तै भोली रातिबाट संखुवासभा जिल्लामा समेत निषेधाज्ञा लगाउने निर्णय भइरहेको छ। गृहमन्त्रालयको अनुसार शुक्रवार रातिसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। धनकुटा, हुम्ला, अछाम लगायत जिल्लामाहरुमा पछिल्लो समय निषेधाज्ञा गरिएको हो। सबैभन्दा धेरै कोरोना संक्रमित रहेको काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा जारी छ।

एक साताको निषेधाज्ञा सकिएर थप एक साता गरे वैशाख २९ गतेसम्म पुर्‍याइएको हो। कोरोना संक्रमितिको थपिदो दर काठमाडौं उपत्यकाभित्र वैशाख २९ गतेपछि पनि निषेधाज्ञा थप गर्न विभिन्न निकायले सुझाव दिइरहेका छन्। काठमाडौंसँगे देशभरका अन्य जिल्लाहरुमा समेत निषेधाज्ञा रहेको छ। बाँके, सुर्खेत, दाङ, पाल्पा देखि पूर्वका झापा, मोरङ, सुनसरी लगायत जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ।