कसैले छुन सक्छ कालोबजारीलाई ? 

सुनसरी । सर्वसाधारणकाे  मनमा किन बजारकाे भाउ यसरी छुन नसक्ने गरी महंगिएकाे हाेला भन्ने प्रश्न उब्जिए पनि वास्तविकता थाहा पाउन सकेका छैनन् ।  सुनसरी औद्योगिक क्षेत्रका उद्योगीले दुई साता यता चिनीको मूल्य बढेको स्वीकार नै गरे ।उनीहरूकाे स्वीकारमा बदनियत लुकेकाे प्रष्ट छ ।   उद्योगी उद्योगमा  चिनी रित्तिएको अवस्थामा रहेकाले अभावका बेला मूल्य बढ्नु स्वाभाविक भनिरहेका छन्। तर, त्याे कुरा कतैबाट पनि जायज छैन । मोरङको औद्योगिक क्षेत्र हेरिरहेका उद्योग परिसंघका अध्यक्ष भिम घिमिरेले चिनीको मूल्य बढेकोबारे थाहा नभएको बताए । यसले के देखाउँछ भने व्यापारी कालाे बजारीहरू झुट बाेलिरहेका छन् । उनले भने, ‘मेरो जानकारीमा चिनीको मूल्य बढेको छैन । रअ मेट्रियल आइरहेको छ । उत्पादन अहिले नै रोकिएको छैन । यदि कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाइएको हो भने अनुगमन गर्ने निकायले कारबाही गरे हुन्छ, हाम्रो सहयोग चाहिए जति बेला पनि तयार छाैं ।’

 

यता बजारकाे अवस्था फरक छ । दाल, चामलमा पनि व्यापारीले भाउ बढाएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौंका लागि बासमती चामलको मूल्य प्रतिकिलो एक सय १० तोको छ । तर, व्यापारीले १५०–१६० लिइरहेका छन् । ५५ पर्ने सोना स्टिम चामल ७५–८० परिरहेको छ ।  निषेधाज्ञामा भारतबाट अनधिकृत रूपमा आउने चिनीको आयात बन्द भएपछि आन्तरिक उत्पादनले बजार पाउँदा उद्योगीले चलाखी गरेका भनिएको छ । यी विभिन्न कुराहरू छापामा लेखिएकाे भए पनि राजनैतिक संरक्षणकाे कारण बजारमा कालाेबजारी फैलिएकाे देखिन्छ ।  िचनी उत्पादन कम्पनीका मािलकहरू प्रधानमन्त्रीकाे नजिकमा घुमिरहेकाे पनि नदेखिएकाे हाेइन । प्रधानमन्त्री यसै पनि राेगी मान्छे उनले चिनी खाँदैनन् । चिनी नखाने भएपछि प्रमलाई चिनीको मूल्य बढ्दा कुनै आपत्ति हुने कुरा भएन । आफ्नो आसपासमा रहेका व्यापारीलाई कारबाही गर्न पनि त मिलेन । राजनैतिक नेतासँग नै कालोबजारीको हिमचिम भएपछि कसैले छुन सक्छ कालोबजारीलाई ?