नयाँ द्वार खोज्दै जसपा नेता देउवाको दैलोमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न जनता समाजवादी पार्टीका दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो  बुढानीलकण्ठ पुगेका छन् । बिहान नाै बजेतिर ठाकुर र महताे देउवा निवास पुगेकाे स्राेतले बताएकाे छ ।  नयाँ सरकार गठनको पहल  र राजनैतिक उतारचढावकाे विषयमा देउवासँग जसपा नेताहरूकाे छलफल हुनसक्ने अनुमान गर्न सकिन्छ । माधव नेपाल समूह पनि कांग्रेसकाे खेमामा जाने भएपछि ओली खेमामा रहेर सरकारमा सामेल हुने अवस्था जसपाको छैन ।

 

हिजाे बसेकाे जसपा बैठकले हालका प्रधानमन्त्रीलाई समर्थन नदिने निष्कर्ष निकालेकाे थियाे । कांग्रेस सभापित देउवा र माओवादी केन्द्रले ओलीविरुद्ध अविश्वासको प्रस्ताव गर्ने निधो गरेको थियो । जसपा पनि हाल यही मनस्थितिमा रहेको छ । तसर्थ कांग्रेस सभापतिसँग भेट गर्न ठाकुर महतो देउवा निवास गएका हुन् ।