ओलीका एक दुईजना भक्तको जमघट हुन पुग्यो संवैधानिक परिषद्को बैठक

काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रतिपक्षी दलका नेता नै नगएपछि नाममात्रकाे संवैधानिक परिषद् भएकाे छ । केहीबेर अघि सुरु भएकाे भनिएकाे बैठकमा हाल प्रधानमन्त्री ओली र उनले संवैधानकि निकायमा बलपूर्वक नियुक्त गरेका एकदुई जना आसेपासे मात्र छन् । अन्य कुनै पनि दल ओलीले डाकेकाे सो बैठकमा सहभागी नै नभएपछि त्यो ओलीको एक दुई जना भक्तको जमघट हुन पुगेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटरमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिएका छन् । बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने उपस्थित छैनन्। संवैधानिक परिषद्मा अध्यक्ष प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीश र प्रमुख प्रतिपक्षी दलका नेता हुन्छन्। आजको बैठकमा रिक्त रहेका संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिबारे छलफल गर्ने भनिएकाे थियाे ।