राजिनामा दिने मुडमा ओली

काठमाडाैं । प्रधानमन्त्री ओलीले संसद बैठक लगत्तै राजीनामा दिने तयारी गरेकाे बताइएकाे छ  । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा परेको छ । आफ्नै दलको माधवकुमार नेपाल समूहका सांसदहरुले समेत विस्वासको मत नदिने स्पष्ट पारेकाले उनले विस्वासको मत पाउने सम्भावना छैन ।

प्रधानमन्त्रीको पक्षमा राजपाका महन्थ ठाकुर पक्षका सांसदहरुले मतदान गर्दैछन् । तर माधवकुमार नेपाल पक्षको सहभागीता विना ओलीले विस्वासको मत पाउने सम्भावना छैन । आफुले विस्वासको मत पाउन सक्ने स्थिती नरहेकोबारे जानकार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पत्र समेत तयार भइसकेको बालुवाटार निकट स्रोतले नेपालवाचलाई बतायो । प्रधानमन्त्री ओलीले राजीनामाका लागि प्रक्रिया पुरा गर्नमात्र संसदमा विस्वासको मत लिन लागेका हुन् । विस्वासको मत पाउन नसकेलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजीनामा बुझाउनेछन् । राष्ट्रपति कार्यालयले दुई वा त्यो भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि आजै आह्वान गर्न सक्नेछिन् ।