न्युजिल्यान्डमा एक पुरुषले गरे अन्धाधुन्ध चक्कु प्रहार

एजेन्सी । न्युजिल्यान्डको एक सुपरमार्केटमा सोमवार एक पुरुषले जथाभावी चक्कु प्रहार गर्दा पाँचजना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।  आरोपितलाई पक्राउ गरेर हिरासतमा लिइएको प्रहरीको भनाइ छ । डुनेडिन शहरको काउन्टडाउन सुपरमार्केटमा घटना भएको हो । घाइते हुनेमध्ये दुईजना उक्त सुपरमार्केटका कर्मचारी थिए ।आक्रमण किन गरिएको स्पष्ट नभएको प्रधानमन्त्री जासिन्दा आर्डर्नले बताइन् । यो घरेलु आतंकवादको घटना भएको पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ । आर्डर्नका अनुसार, पाँचजनालाई डुनेडिन अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरूको स्वास्थ्यस्थितिको जानकारी उपलब्ध हुन सकेको छैन ।