माछा र्मादा करेन्ट लागेर एक युवाको गयो ज्यान

नुवाकोट । नुवाकोटमा एक युवाकाे माछा मार्न जाँदा करेन्ट लागेर ज्यान गएकाे छ ।   तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको  नुवाकाेट प्रहरीले इकालाेपाटी संवाददातासँग जानकारी दिए ।

मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेकाे बताइएकाे छ । करेन्ट लगाएर माछा मार्ने काम गैरकानुनी भए पनि स्थानीय तहमा याे काम राेकिएकाे छैन ।  तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति करिब ९ बजेतिर १९ वर्षका तामाङको घटनास्थलमा नै मृत्यु भएको थियाे । घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिएका हुन्  ।

उनीसँग माछा मार्न गएका अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान सुरु गरिएको छ । सवारी साधनको ब्याट्री प्रयोग गरेर खोलामा माछा मार्दा जोखिम हुने भएकाले त्यस्तो घटनामा संलग्न नहुनका लागि नुवाकोट प्रहरीले अनुरोधसमेत  गरेको छ ।