काठमाडाैं । अहिले चितवनका किसानलाई कुखुरा मर्नाले सास्ती भएकाे छ । उनीहरूलाई पालेका कुखुरा मर्नाले दैनिक हैरानी बेहोर्नुपरिरहेकाे छ । कोरोनाको कहरले जनजीवन अस्तव्यस्त भइरहेका बेला भटाभट कुखरा मर्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । पछिल्लो समय किसानको खोर नै रित्तो हुनेगरी कुखुरा मर्न थालेको किसानको गुनासो छ । “मेरो खोरमा केही दिनयता दुई हजार पाँच सय कुखुरा मरे। डोजर लगाएर गाड्नुको विकल्प छैन,” चितवनका एक व्यावसायिक किसान भन्छन्, “मर्ने कुखुरामा दाना पानी कम खाने, हरियो दिसा गर्ने, मुन्टो बटार्ने, अण्डा कम दिनेजस्ता लक्षण देखिएपछि भटाभट मर्न थालेका छन् ।”
Add Comment