काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ ग्रहण पुन ःगर्नु पर्ने माग राख्दै सर्वोच्च अदालतमा रीट परेको छ ।
ओलीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञागर्छु’ भन्न शब्द उच्चारण गरेनन् । त्यसरी उच्चारण नगर्नु संविधानको मर्म विपरित भएको भन्दै वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले रीट हालेका हुन् ।
सर्वोच्चमा रीट दर्ता गराउन गएका निवेदकले संविधानको धारा–८० अनुसार वैशाख ३१ गतेको शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका छन् । तरअदालत प्रशासनले सो रिट दर्ता गर्न मानिरहेको छैन ।
Add Comment