आज कोरोना संक्रमणबाट  दुई सय १४ जनाको मृत्यु

काठमाडाैं । नेपालमा आज कोरोना संक्रमणबाट  दुई सय १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा यसाे बताइएकाे हाे ।

साेही विवरणमा हालसम्म नेपालमा  कोरोना संक्रमितको मृत्यु संख्या पाँच हजार दुई सय १५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नौ हजार दुई सय ४७ जना संक्रमित थपिएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार चार सय ८० पुगेको छ ।

पछिल्लो २४ घन्टामा पाँच हजार सात सय ६७ जना कोरोनामुक्त भएका छन् ।

यसैगरी कोरोनामुक्त हुनेको संख्या तीन लाख ४५ हजार पाँच सय २३ पुगेको छ । नेपालमा निको दर ७४.४ प्रतिशत रहेको छ ।