संक्रमण रोकथाममा प्रभावकारी भूमिका निभाइदिन मन्त्रालयकाे अपिल

काठमाडौं । स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन सबैमा अनुरोध समेत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढी भएका २० भन्दा बढी जिल्लामा संक्रमितहरु  बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन अपिल गरेकाे हो  ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पा लगायतका जिल्लाहरुमा संक्रमण उच्च रहेको र यी जिल्लाहरुमा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडेकाले सचेत भइदिन पनि अनुराेध गरेकाे छ । । यसरी संक्रमितहरु सचेत नभएर हिँड्दा संक्रमणको दर कम गर्न चुनौती थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैले गर्दा पनि  चुनौती थपिएको स्वास्थ्य मन्त्रालयले  जनाएकाे हाे  ।