किन बढाइयाे पेट्रोलियम पदार्थको मूल्य ?

काठमाडाैं । कोभिड महामारीबीच नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो ।  पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ डिजेल  तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीकाबीच जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि मूल्य बढाउनुपरेको तर्क गरे ।

निगमको कारण भन्दापनि अन्तर्राष्ट्रिय मूल्य र करको कारण महँगो भएको उनको भनाइ छ ।  सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, प्रदुषण कर लिने गरेको छ । यसका अतिरिक्त निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरिकरण कोषलगायत जोडेर भाउ निर्धारण गर्छ । आजको नागरिक दैनिकमा खबर छ ।