गजल

हाँसो छ भित्र दिलमा रोदन नजरहरूमा
काँडा चसक्क घोच्ने हुन्छन् नजरहरूमा ।
टाढा बनून् म सोच्थेँ ती सम्झनाहरू सब
गाढा बनी बसेछन् झन् झन् नजरहरूमा ।
फुर्सद भएन सुन्ने तिम्रा कथा मलाई
पढ्दैछु लाख तिम्रा कैरन नजरहरूमा ।
कोसिस हजार हुन्छन् बेकार भाग्न खोज्ने
हर्दम छ रूप तिम्रो कञ्चन नजरहरूमा।
ईर्ष्या अहम् निराशा त्यागेर शान्त बन्दै
बस् प्रेमले नियाल्नू जीवन नजरहरूमा ।