भारतमा संक्रमित घट्दै

काठमाडाैं ।भरतमा संक्रमितको संख्या घट्दै गएको छ ।  । आज मंगलबार संक्रमितकाे संख्या घट्न  आएपछि  यस्ताो बुझिएकाे हो ।  गएको २४ घन्टा यता मंगलबार बिहान प्राप्त भएको समाचारमा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार जना मात्र पाइएको बताइएको छ । जबकी सोमबार  २ लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका थिए । यसले संक्रमण घटिरहेको तथ्य उजागर गर्दछ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको पनि जानकारी दिएको छ ।  मन्त्रालयको तथ्यांक मान्ने हाे भने विगत २४ घण्टामा दुई लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित भेटिएका छन् । यसले  अघिल्लो अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको तथ्य उजागर गर्दछ ।