दाउन्‍नेमा बस दुर्घटना, चार जनाको गयो ज्यान

नवलपरासी । पूर्व-पश्‍चिम राजमार्गअन्तर्गत नवलपरासी पश्‍चिमको दाउन्‍नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुम पश्‍चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्‍नेको जङ्गलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी अन्य केही व्यक्तिहरु घाइते भएका छन् । उनीहरुको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ ।दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।